आज एकैदिन १७ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

आज एकैदिन १७ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडौं, ६ असाेज । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ह्वात्तै घटेकाे छ ।  आज एकैदिन सुनकाे मूल्य प्रतिताेला १ हजार ७ सय रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो ।

यस्तै आज तेजावी सुनकाे मूल्य पनि घटेर प्रतिताेला ९५ हजार रूपैयाँ कायम भएकाे छ।

यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला ९० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएके छ।