मिलन आले मगरको निर्देशनमा ‘हिड्दा हिँड्दै’ निर्माणको घोषणा

मिलन आले मगरको निर्देशनमा ‘हिड्दा हिँड्दै’ निर्माणको घोषणा

काठमाडौं, ६ असोज । कोरोना महामारीका कारण लागू गरिएको लकडाउन र निषेधाज्ञा खुलेसँगै नेपाली फिल्मकर्मीहरु पनि सक्रिय हुन थालेका छन् । यसैबीच सोमबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मलेनमा फिल्म ‘हिड्दा हिँड्दै’ निर्माणको घोषणा गरिएको छ ।

उक्त फिल्मलाई मिलन आले मगरले एकशन–कट गर्दैछन् भने प्रस्तुतकर्ताको रुपमा दील लामा, पारस गुरुङ र राजकुमार थिङ्ग रहेका छन् । फिल्मलाई सुशिल पंगेनीले लेखेका हुन् । 

युवायुवतीहरुको प्रेम, विछोड र पीडालाई ‘हिँड्दा हिँड्दै’ फिल्ममा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । यस फिल्ममा अभिनेता आकाश श्रेष्ठ, सलोन बस्नेत र रेखा शाह मुख्य भूमिकामा रहनेछन् । यसै फिल्ममार्फत् रेखा शाहले आफ्नो फिल्मी करियर पनि सुरु गर्दैछिन् ।

यस फिल्ममा बसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्शन र सुमनकुमार तन्डुकारको छायाङ्कन रहनेछ । फिल्मलाई काठमाडौं र तराईको विभिन्न स्थानहरुमा छायाङकन गरिनेछ ।