८० प्रतिशत सिन्स काटिएका कारण सोनुले कंगनाको ‘मणिकर्णिका’ छाडेका थिए !

८० प्रतिशत सिन्स काटिएका कारण सोनुले कंगनाको ‘मणिकर्णिका’ छाडेका थिए !

काठमाडौं, ६ असोज । बलिउड अभिनेत्री कंगना रनौत विवादमा आइराख्ने अभिनेत्री हुन् । केही समय पहिले अभिनेत्री कंगनाको फिल्म ‘मणिकर्णिका’ रिलिजमा आएको थियो, उक्त फिल्मलाई कंगना आफैले निर्देशन पनि गरेकी थिइन् । यस फिल्मलाई लिएर पनि अभिनेत्री कंगना निकै विवादमा आएकी थिइन् ।

किनभने यस फिल्मको निर्देशक कृषलाई निकालिएको थियो, भने अभिनेता सोनु सुदले पनि फिल्मलाई छोडेका थिए । भर्खरै मात्र अभिनेता सोनु सुदले फिल्ममा आफ्नो ८० प्रतिशत सिनहरु काटिएको कारण फिल्म छाडेको बताएका छन् । 

बरखा दत्तलाई अन्तर्वार्ता दिदै उनले भने, ‘फिल्ममा ८० प्रतिशत सिनहरु काटिदा निकै दुःख लाग्यो । कंगना कयौं वर्ष पहिलेदेखि मेरो साथी हुन् । हामीले मणिकर्णिकाको निकै सुट गरेका थियौं ।’

त्यस्तै, उनले थपे, ‘निर्देशक कृषले आफू फिल्ममा नरहेको जानकारी गराए । त्यसपछि मैले कंगनालाई भेटेर म सपोर्ट गर्छु भने । तर, निर्देशक कृषलाई सुटङ सेटमा ल्याउनुपर्छ । उनले फिल्मको लागि निकै मिहेनत गरेका छन्, भने । तर, फिल्मलाई कंगना आफैले निर्देशन गर्न चाहन्थिन् । त्यसपछि मैले सुट गरिएका सिनहरु हेरे, जहाँ मेरो ८० प्रतिशत सिनहरु काटिएको थियो । जुन सिनको लागि मैले नैरेट गरेको थिएँ, त्यो फिल्ममा थिएन ।’

उनले फेरि थपे, ‘मैले सो फिल्मको लागि ४ महिना दिएको थिए । अन्य केही प्रोजेक्टहरुलाई पनि छोडेको थिएँ । मलाई धेरै दुःख दिएका थिए, तर मैले केही बोलिन ।’