विश्व कोरोना अपडेट : संक्रमितको संख्या ३१,४७१,१७१ पुग्यो, ९६८,८७५ को मृत्यु

विश्व कोरोना अपडेट : संक्रमितको संख्या ३१,४७१,१७१ पुग्यो, ९६८,८७५ को मृत्यु

काठमाडौं, ४ असोज । विश्वभर महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ६८ हजार ८७५ को मृत्यु भइसकेको छ । वल्डोमिटर्सको ताजा अपडेट अनुसार हालसम्म विश्वमा ९ लाख ६८ हजार ८७५ को मृत्यु भएको हो ।

त्यस्तै, संक्रमितको कुल संख्या ३ करोड १४ लाख ७१ हजार १७१ पुगेको छ । यसैबीच २ करोड ३० लाख ९४ हजार ३०२ जना संक्रमितहरु उपचारपछि निको भइसकेका छन् ।

हाल विश्वमा ७४ लाख ७ हजार ९९४ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने २ करोड ४० लाख ६३ हजार १७७ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् । 

कोरोनाका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ७० लाख, ४५ हजार ६९६ पुगेको छ । जसमध्ये २ लाख, ४ हजार ४७६ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४२ लाख, ९७ हजार १७८ संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ५५ लाख, ६० हजार १०५ पुगेको छ । जसमध्ये पनि ८८ हजार ९६५ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४४ लाख ९४ हजार ७२० जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ४५ लाख ६० हजार ६३ पुगेको छ । जसमध्ये १ लाख ३७ हजार ३५० संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ३८ लाख ८७ हजार १९९ संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

त्यस्तै, रसिया, पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या ६५ हजार २७६ पुगेको छ, भने ४२७ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ४७ हजार २३८ जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।