साेमबार काठमाडाैं उपत्यकामा थपिए ६ सय ७४ काेराेना संक्रमित, कुन जिल्लामा कति ?

साेमबार काठमाडाैं उपत्यकामा थपिए ६ सय ७४ काेराेना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं, ५ असाेज । साेमबार काठमाडाैं उपत्यकामा थप ६ सय ७४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे पछिल्लाे तथ्याङ्क अनुसार  २४ घण्टामा काठमाडाैं उपत्यकामा ६ सय ७४ संक्रमित भेटिएका हुन् ।

जसमध्ये काठमाडौंका ५ सय ३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामै यसको संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन्। जसमध्ये काठमाडौंका दुई जना, भक्तपुरका दुई र ललितपुरका एक जना पनि छन्।