काेराेनाबाट पछिल्लाे २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु, कहाँ कति ?

काेराेनाबाट पछिल्लाे २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु, कहाँ कति ?

काठमाडैं, ५ असाेज । काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । साेमबार थप १६ जनाकाे मृत्यु भएसँगै कुल मृतककाे संख्या ४ सय २७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  गौतमका अनुसार बितको २४ घण्टामा  हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए । 

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९ सय २१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेका छन् । 

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् ।