आज देशभर १ हजार १ सय ५४ संक्रमित थपिए, १ हजार ५ जना काेराेना मुक्त

आज देशभर १ हजार १ सय ५४ संक्रमित थपिए, १ हजार ५ जना काेराेना मुक्त

काठमाडौं, ५ असाेज । साेमबार देशभरमा थप १ हजार १ सय ५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ। पछिल्लाे २४ घण्टामा नेपालमा १ हजार १ सय ५४ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिएकाे हाे ।

प्रवक्ता जागेश्वर गौतमका अनुसार यही समयमा १ हजार ५ जना संक्रमित कोरोनामुक्त समेत भएका छन्।  यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना भएका उनले बताए।

आजको पिसिआर ९ हजार ५ सय ३३ रहेको र देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। आजसम्म देशभर ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले जानकारी दिए ।