साेमबार पनि बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

साेमबार पनि बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं, ५  असाेज ।  नेपाली बजारमा साेमबार सुनकाे मूल्य २सयरूपैयाँले बढेकाे छ । आज छापावाल सुनको मूल्य  २ सय रुपैयाँले बढेर ९७ हजार २ सय कायम भएको छ। आइतबार छापावाला सुनकाे मूल्य प्रतिताेला  ९७ हजार रुपैयाँ कायम भएकाे थियाे ।

यस्तै आज तेजावी सुनकाे मूल्य पनि उकालाे लागेकाे छ। आइतबार तोलाको ९६ हजार ५ सय रुपैयाँ ताेकीएकाे तेजावी सुनकाे मूल्य आज ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदी पनि आइतबारको तुलनामा  ५ रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।