बझाङको दहबगरमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

बझाङको दहबगरमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

बझाङ, ५ असोज । बझाङको बुंगल नगरपालिका वडा नम्बर १ दहबगरमा जेसीबी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । साथै, अन्य ३ जना घाइते भएका छन् । 

आइतबार (हिजो) राति साढे १२ बजे भएको उक्त दुर्घटनामा परी बुंगल नगरपालिकाका ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको हो । उनी महेन्द्र मावि दहबगरका स्थायी शिक्षक हुन् ।

सोही दुर्घटनामा परी बुंगल नगरपालिका–९ देउलीकोटका २४ वर्षीय जेसीबी चालक महेश खडायत, बुंगल नगरपालिका–१ दहबगर बस्ने २७ वर्षीय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी घाइते भएका प्रहरीले जनाएको छ । 

उनीहरुको उपचारका लागि लागि धनगढी पठाइएको जानकारी गराइएको छ ।