पायल घोषले भनिन्, ‘अनुरागले लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाएका थिए’ (अपडेट) 

पायल घोषले भनिन्, ‘अनुरागले लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाएका थिए’ (अपडेट) 

काठमाडौं, ५ असोज । अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई यौन शोषणको आरोप लगाएकी छन् । तर, निर्देशक अनुरागले अभिनेत्री पायल घोषको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका छन् ।

यसैबीच अभिनेत्री पायल घोषले उक्त घटनाको पूरा विवरण नै प्रस्तुत गरेकी छन् । अभिनेत्री पायलले भनेकी छन्, ‘अनुरागले मलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाएका थिए ।’

भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै अभिनेत्री पायलले भनेकी छन्, ‘अनुराग कश्यपले मलाई लाइब्रेरीमा लगेका थिए । जहाँ उनले केही आपत्तिजनक भिडियो देखाएका थिए । मैलै मी टू मुभमेन्टको क्रममा पनि ट्वीट गर्दै यस घटनालाई बताएकी थिएँ ।’

तर, अहिले भने अभिनेत्रीले उक्त ट्वीट डिलिट गरिसकेकी छन् । यस घटनाको विषयमा उनले आफ्नो परिवारबाट अझै सपोर्टका आशा गरेकी बताएकी छन् । त्यसपछि मात्रै उनले यस विषयमा एजेन्सीहरुसँग कुराकानी गर्ने पनि बताएकी छन् ।

यदि निर्देशक अनुरागले माफी मागेको खण्डमा माफी दिन तयार रहेकी पनि अभिनेत्रीले बताएकी छन् । यसका साथै अभिनेत्रीले बलिउड इन्डष्ट्रीबाट पनि सहयोगको अपेक्षा गरेकी बताएकी छन् ।