सनको ह्याट्रिकमा टोटेनहमको साउथह्याम्प्टनविरुद्ध उत्कृष्ट जित

सनको ह्याट्रिकमा टोटेनहमको साउथह्याम्प्टनविरुद्ध उत्कृष्ट जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ । 

भर्खरै सम्पन्न खेलमा टोटेनहमले साउह्याम्प्टनलाई ५-२ गोलले पराजित गरेको हो । साउथह्याम्प्टनको होममा टोटेनहमलाई जित दिलाउन सन हिउंग मिन एक्लैले ४ गोल गरे । 

उनले पहिलो हाफको इन्जुरी समयमा, ४७, ६४ र ७३ औं मिनेटमा गोल गरेका हुन् । यस्तै ह्यारी केनले खेलको ८२ औं मिनेटमा गोल गरे । यता साउथह्याम्प्टनका लागि खेलको ३२ औं मिनेटमा र ९० औं मिनेटमा पेनाल्टीमार्फत ड्यानी इंग्सले गोल गरे ।

 यस्तै सनले जारी सिजनको पहिलो ह्याट्रिक समेत गर्न सफल भएका छन् भने सनले गरेका चारै गोलका लागि केनले पास उपलब्ध गराएका थिए । एकै खेलाडीले चार गोलमा एकै खेलाडीले पास दिएको प्रिमियर लिगमा यो पहिलो पटक हो । यसअघिको खेलमा भने टोटेनहम एभर्टनसँग पराजित भएको थियो ।