उपत्यकामा आज ७ सय ६७ जनामा काेराेना संक्रमण पुष्टी, कहाँ कति थपिए ?

उपत्यकामा आज ७ सय ६७ जनामा काेराेना संक्रमण पुष्टी, कहाँ कति थपिए ?

काठमाडौं, ४ असाेज । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ७ सय ६७ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । साे अवधिमा काठमाडौंमा ६ सय २, भक्तपुरमा १ सय १, ललितपुरमा ४२ जना काेराेना संक्रमित फेला परेकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार  उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ। जसमध्ये काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा देशभर कुल १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको हाे ।