आन्तरिक हवाई उडानकाे भाडा नबढ्ने, सबै सिटमा यात्रु राख्न पाइने

आन्तरिक हवाई उडानकाे भाडा नबढ्ने, सबै सिटमा यात्रु राख्न पाइने

काठमाडौं, ४ असोज । आन्तरिक हवाइ उडानकाे भाडा नबढ्ने भएकाे छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो । तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए ।

सोहीअनुसार साविकको तुलनामा हवाई भाडा बढी नहुने वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले बताए ।

यस्तै वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार ९५ असोज०बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ ।

वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् । यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए ।

मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।

२१ सेप्टेम्बरबाट ९ दिन भने साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुने भएको छ । तर, उडान भने सबै विमानस्थलमा हुनेछ ।वायुसेवा संस्थाले लकडाउनअघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी तालिका तय गरिएको छ ।

अक्टोवर १ बाट भने यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुने मन्त्रालयले जानकारी गराएको छ ।