महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत पक्राउ

महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत पक्राउ

धनगढी, ४ असाेज ।  आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत पक्राउ परेका छन् । कैलालीकाे जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेकाे हाे । 

महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले विभिन्न डर धम्की देखाएर बलात्कार गर्ने गरेको आरोप ती महिला कर्मचारीले लगाएकी छिन्।

महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।