भारतको मिजोरम राज्यमा ४.६ रेक्टर स्केलको भूकम्प

भारतको मिजोरम राज्यमा ४.६ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ४ असोज । छिमेकी राष्ट्र भारतको उत्तर पूर्वको मिजोरम राज्यमा आइतबार (आज) बिहान भूकम्पको झट्का महसुस गरिएको छ ।

भारतको नेश्नल सेन्टर फर सिस्मोलोजीका अनुसार मिजोरम राज्यमा विहान साढे सात बजे ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

एनसीएसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दू मिजोरमको चंफईमा थियो । के–कति क्षति भयो/भएन भन्ने विस्तृत विवरण आउन बाँकी रहेको जानकारी गराइएको छ ।

त्यसोत, पछिल्लो साताको बुधबार विहान नेपालको केन्द्रीय राजधानी काठमाडौंमा पनि  भूकम्पको झट्का महसुस गरिएको थियो ।