क्यान्सरसँग जुधिरहेका सञ्जय दत्तले तिहारलगत्तै ‘पृथ्वीराज’को सुटिङ सकाउने

क्यान्सरसँग जुधिरहेका सञ्जय दत्तले तिहारलगत्तै ‘पृथ्वीराज’को सुटिङ सकाउने

काठमाडौं, ४ असोज । बलिउडका ‘मुन्ना भाई’ सञ्जय दत्त आफ्नो करियरलाई लिएर निकै गम्भीर रहन्छन् । जस्तोसुकै ठूलो चुनौती भएपनि अभिनेता सञ्जय दत्तले आफ्नो करियरलाई असर पार्न दिदैनन् । हाल उनी क्यान्सर रोगसँग जसधिरहेका छन् । 

क्यान्सरसँग लडिरहेका अभिनेता सञ्जय दत्तले आफ्नो हर फिल्मलाई पूरा गर्न चाहन्छन् । उनले आफू उपचारमा जानु अगाडि नै सबै फिल्मको काम पूरा गर्न चाहन्छन् । 

जनकारी अनुसार उनले आगामी तिहारपछि अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ सुटिङ सकाउने भएका छन् । हालको समयमा सञ्जय दत्तको सबै भन्दा ठूलो फिल्म ‘पृथ्वीराज’ नै हो । त्यसैले उनले तिहार लगत्तै सुटिङ सकाउने भएका छन् ।

उक्त फिल्ममा अर्का अभिनेता अक्षयकुमार पनि मुख्य भूमिकामा रहेका छन् । जानकारी अनुसार ५÷६ मात्रै फिल्मको सुटिङ बाँकी रहेको छ । त्यसैले पनि सञ्जय दत्तले उपचारमा जानु अगाडि नै सुटिङ सकाउन चाहन्छन् ।