निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप, कंगना रनौतले भनिन्, ‘एरेस्ट गर्नु 

निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप, कंगना रनौतले भनिन्, ‘एरेस्ट गर्नु 

काठमाडौं, ४ असोज । बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन–शोषणको आरोप लगाएकी छन् । अभिनेत्री पायल घोषले सोसल मिडिया ट्वीटरमार्फत् निर्देशक अनुराग कश्यपले यौन शोषण गरेका आरोप लगाएकी हुन् । 

साथै उनले आफ्नो ट्वीटर पोष्टकै माध्यमबाट प्रधानमन्त्री नरेन्द्र मोदीसँग गुहार पनि मागेकी छन्  । त्यस्तै, उनले आफ्नो सुरक्षा खतरामा रहेको पनि जनाएकी छन् । 

अभिनेत्री पायलले ट्वीट गर्दै लेखेकी छन्, ‘अनुराग कश्यपले नराम्रो गरी आफूलाई म’माथि फोर्स गरे । नरेन्द्र मोदी जी, प्लिज एक्शन लिनुस् र देशलाई देखाउनुस् एक क्रियटिभ मान्छेको पछाडिको राक्षसलाई । मलाई थाहा छ, यसले मलाई नोक्सान पु¥याउँछ । मेरो सुरक्षा खतरामा छ । मद्दत गर्नुहोस् ।’

अभिनेत्री पायलको उक्त ट्वीटपछि हजारौंले रिएक्ट गरिसकेका छन् । नेशनल कमिशन फर विमनको चेयरपर्सन रेखा शर्माले पनि ट्वीट गरेकी छन् । उनले लेखेकी छन्, ‘पायल एनसीडब्ल्यूमा उजुरी गर्नुहोस् ।’ 

त्यसोत, अर्की अभिनेत्री कंगना रनौतले पनि रिएक्ट गरेकी छन् । उले ट्वीट गर्दै अनुराग कश्यपलाई गिरफ्तार गर्नुपर्ने बताएकी छन् । तर, यो विषयमा निर्देशक अनुरागको भने कुनै प्रतिक्रिया बाहिर आएको छैन ।