एक सय १३ प्राविधिकहरुलाई महानायक हमालको आर्थिक सहयोग

एक सय १३ प्राविधिकहरुलाई महानायक हमालको आर्थिक सहयोग

काठमाडौं, ४ असोज । महानायक राजेश हमालले कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेमा १ सय १३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । 

शनिबार (हिजो) नेपाल प्राविधिक संघले आयोजना गरेको एक कार्यक्रमकाबीच महानायक हमालले जनही पाँच हजार रुपैयाँका दरले १ सय १३ जना प्राविधिकहश्रलाई सहयोग गरेका हुन् । 

नेपाल प्राविधिक संघका अनुसार लकडाउन र निषेधाज्ञाका कारण समस्या परेका प्राविधिकहरुलाई हमालले ५ लाख ६५ हजार रुपैयाँको आर्थिक सहयोग गरेका हुन् । संघका नेपाल चलचित्र प्राविधिक संघमा १५ सय जना प्राविधिकको नाम सूचीकृत गरिएको छ ।

संघमा सूचीकृत भएकामध्ये लकडाउन र निषेधाज्ञाका कारण चरम मारमा परेका १ सय १३ प्राविधिकहरुलाई आर्थिक सहयोग गरिएको हो । 

आफ्नो लागि प्राविधिकहरु सँधै उच्च स्थानमा रहेको भन्दै महानायक हमालले आगामी दिनहरुमा पनि समस्या बढ्दै गएको अवस्थामा पुन सहयोग गर्ने बताएका छन् ।