यस्तो रहेको छ आइतबारको तपाईको भाग्य, असोज ४ गते

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य, असोज ४ गते

वि.सं.२०७७ साल असोज ०४ गते । आइतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुसीभएको महशुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ईष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढीनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको कामदेखि सबै खुसी हुनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरि भाग्य बृद्धि गर्न सकिने साथै दीगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) असजिलो परिस्थितिहरुलाई बुद्धिमता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेकोछ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्याहरु समाधान गरि आम्दानीका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काममा हात हाल्ने समय रहेपनि उपलब्धि भने ढिला मात्र प्राप्त हुनेछ । लामो दूरीको यात्राको सम्भावना रहेपनि यात्राका क्रममा ध्यान दिनुहोला झन्झट हुन सक्छ । पढाई लेखाईमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेकोछ । अरुकै काममा समय जाने हुनाले आफ्नो काम थाति रहनेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केहि समय शंका तथा अबिश्वास गरेपनि अन्तत बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ ।