प्रिमियर लिगः लेविनको ह्याट्रिकमा एभर्टनको वेष्टवर्मविरुद्ध सानदार जित

प्रिमियर लिगः लेविनको ह्याट्रिकमा एभर्टनको वेष्टवर्मविरुद्ध सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले वेष्टवर्मलाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा एभर्टनले घरेलु मैदानमा वेष्टवर्मलाई ५-२ गोलले पराजित गरेको हो ।

एभर्टनको जितमा डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक गरे । उनले खेलको ३१, ६२ र ६६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै एभर्टनका लागि थप गोल खेलको ४५ औं मिनेटमा हामेस रोड्रिग्वेज, ५४ औं मिनेटमा माइकल किनले गोल गरे ।

यता खेलको पहिलो हाफको इन्जुरी समयमा वेष्टवर्मका डिफेन्डर किरन गिब्सले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । यस्तै वेष्टवर्मका लागि खेलको १० औं मिनेटमा ग्राडि डियांगाना र ४७ औं मिनेटमा म्याथिउस पेरेइराले गोल गरेपनि उक्त गोलले वेष्टवर्मलाई जित दिलाउन सकेन ।

एभर्टनले यसअघिको पहिलो खेलमा पनि जित निकालेको थियो भने वेष्टवर्मले लगातार दोस्रो हार ब्यहोरेको छ ।