सुशान्त केसमा फेरि तानिए सलमानदेखि करण जौहर

सुशान्त केसमा फेरि तानिए सलमानदेखि करण जौहर

एजेन्सी । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा तीन ठूला छानबीन एजेन्सीहरुले अनुसन्धान जारी राखेका छन् । जसमा हरेक दिन नयाँ-नयाँ खुलासाहरु बाहिर आइरहेका छन् ।

केसमा लागुऔधषको सम्बन्ध जोडिएसँगै लगातार पक्राउ पर्नेहरुको संख्यामा पनि वृद्धि आएको छ । यसैबीच मुजफ्फरपुर जिल्ला अदालतले सलमान खान र करण जौहरसहित ८ हस्तीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

जसमा सलमान र करणसहित आदित्य चोपडा, सञ्जय लिला भन्साली, एकता कपुर, साजिद नाडियाडवाला, भुषण कुमार र दिनेश विजयनलाई ७ अक्टुबरमा यपस्थित हुन आदेश दिएको हो । अदालतका वकील सुधीर ओझाले यी सबै स्टारहरुले सुशान्तलाई आत्महत्याका लागि उक्साएको भन्दै १७ जुनमा मुख्य न्यायिक दण्डाधिकारीको अदालतमा भादवि धाराहरु ३०६, १०९, ५०४ र ५०६ मा रहेर उक्त आदेश दिइएको हो ।

अदालतमा दिएको पुनर्विचार याचिकामा उल्लेख गरिएको छ कि अभिनेताको हत्यामा षड्यन्त्र छ भने जाँचबीनै आत्महत्या भएको भन्ने आरोप पनि लगाइएको छ । 

सुशान्त सिंह राजपुतसँग जोडिएको ड्रग्स मामलामा नार्कोटिस कन्ट्रोल ब्युरो )एनसीबी)ले शुक्रबार मुम्बईको थुप्रै स्थानमा छापा मारेको छ ।