भारतीय पत्रकार अर्नब गोस्वामीले यसरी थर्काए सलमान खानलाई 'भिडियाेसहित'

भारतीय पत्रकार अर्नब गोस्वामीले यसरी थर्काए सलमान खानलाई 'भिडियाेसहित'

मुम्बई, ३ असाेज ।  बलिउड अभिनेता सुशान्त सिंह राजपुतकाे आत्महत्या प्रकरण भारतमा अहिले ठूलाे बहसकाे विषय बनेकाे छ । भारतीय संचारमाध्यम शुसान्तको घटनालाई दैनिक जसो मुख्य समाचार बनाइरहेका छन्।

केहि कलाकारहरु यसबारे खुलेर बाेलिरहेका छन् भने काेहि माैन छन् । अभिनेत्री कंगना रणावतले शुसान्तको आत्महत्याको कारण बलिउडमा व्याप्त नातावाद भएको बताउँदै चलचित्र माफियाहरुको चर्को आलोचना गरिरहेकी छिन्।

सुशान्तको आत्महत्याको विषयले बलिउडमा नातावाद र क्रिपावाद हाबी भएको विषयसँगै बलिउडमा लागुऔषध धन्दाको कर्तुत उजागर गरेको छ।

यसबीचमा सुशान्तका पिता के.के सिंहले सुशान्तले प्रेमिका रिया चक्रवर्तीको कारण आत्महत्या गरेको भनेर प्रहरीमा उजुरी दिएपछि हाल यो घटना सीआईबीले नै अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा रियाका च्याटहरुमा लागुऔषध धन्दाको विषय समावेश भएको देखिएपछि यो विषयमा भारतको लागुपदार्थविरुद्धको संस्था एनसीबीले पनि अध्ययन गरिरहेको छ।

हाल सुशान्तकै आत्महत्याको विषयलाई लिएर भारतका चर्चित पत्रकार अर्नब गोस्वामीले बलिउड स्टार सलमान खानलाई थर्काएका छन्। गोस्वामी सलमान ठूलो कलाकार भएर पनि सुशान्त सिंहको मृत्युको विषयमा एक शब्द नबोलेकोमा रुष्ट बनेका छन्।

गोस्वामीले लागुऔषध धन्दाको विषय र नातावाद र क्रिपावादको विषयमा सलमान खान किन नबोलेको भन्दै प्रश्न गरेका छन्। उनले सलमानलाई,‘तिमी कहाँ लुकेर बसेका छौं, किन बोल्दैनौं?’ भन्दै प्रश्न गरेका छन्।