आजदेखि शुरू भयाे आईपीएल, पहिलो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्प्रधा

आजदेखि शुरू भयाे आईपीएल, पहिलो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्प्रधा

काठमाडाैं, ३ असाेज ।  इन्डियन प्रिमियर लिग 'आईपीएल' ट्वान्टी ट्वान्टी  आजबाट शुरु हुने भएकाे छ । शनिबार आईपीएलकाे क्रिकेटको १३ औं संस्करण यूएईको आबुधाबीमा हुने भएकाे हाे ।

आजकाे पहिलो खेलमा साविक विजेता मुम्बई इण्डियन्स र उप-विजेता चेन्नई सुपर किङ्सबीचको खेल हुनेछ । मुम्बई र चेन्नईबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ । मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा आउनेछ  

गएकाे सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई हराएको थियो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालिको आईपीएलमा विगतमा जस्तो उद्घाटन समारोह गरिने छैन । दर्शकबिनाको रङ्गशालामा खेल हुनेछ । आईपीएल ६ महिना ढिला सुरु हुन लागेको हो । यसअघि गएको मार्च २९ मा आईपीएल सुरु हुने भनिएको थियो ।