कोरोना : रुसले नयाँ एन्टि भाइरल औषधि ‘कोरोनाविर’लाई दियो अनुमति

कोरोना : रुसले नयाँ एन्टि भाइरल औषधि ‘कोरोनाविर’लाई दियो अनुमति

काठमाडौं, ३ असोज । रुसले कोभिड–१९ को साधारण लक्षण देखा परेका संक्रमितहरुका लागि एक एन्टि–भाइरल औषधिलाई अनुमति दिएको छ । उक्त औषधिको नाम ‘कोरोनाविर’ नाखिएको छ । यस औषधिलाई आर–फार्म कम्पनीले बनाएको हो । 

उक्त कम्पनीले शुक्रबार (हिजो) कोरोनाविरलाई आगामी सातासम्ममा रुसको सम्पूर्ण पसलहरुमा उपलब्ध हुने बताएको छ । कोरोनाविरलाई ‘प्रिसक्रिप्सन ड्रग’को रुपमा अनुमति दिइएको बताइएको छ । 

यस औषधिलाई डाक्टरहरुको सल्लाह र सुझाव अनुसार किन्न सकिनेछ । कोरोनाविर भन्दा पहिले पनि रुसले ‘एविफाविर’ औषधिलाई पनि अनुमति दिएको थियो । (एजेन्सीको सहयोगमा)