झुण्डिएको अवस्थामा भेटिइन तीन दिनदेखि सम्पर्कविहीन कैलालीकी महिला पत्रकार

झुण्डिएको अवस्थामा भेटिइन तीन दिनदेखि सम्पर्कविहीन कैलालीकी महिला पत्रकार

धनगढी, २ असाेज । कैलालीकी एक महिला पत्रकार झुण्डिएको अवस्थामा फेला परेकी छिन् । तीन दिनदेखि सम्पर्कविहीन बनेकी उनी मृत फेला परेकी हुन् ।

कैलालीको लम्कि स्थित कैलाली एफएममा कार्यरत २३ बर्षिया पत्रकार निर्मला पहराई आज मात्रै झुण्डिएको अवस्थामा लम्किचुहा नगरपालिका-५ स्थित फूलवारी सामुदायिक वनमा मृत भेटिएकी प्रहरीले जनाएको छ।

उनि भदौ ३१ गते सुख्खड जाने भनि हिडेकी परिवारजनले जनाएको छ। मृत अवस्थामा भेटिएकी पत्रकारको हत्या भएको आफन्तको आरोप छ।

घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए।