जनकपुर आइपुग्यो जनकपुर–जयनगर रूटमा सञ्चालन हुने नेपाली रेल

जनकपुर आइपुग्यो जनकपुर–जयनगर रूटमा सञ्चालन हुने नेपाली रेल

काठमाडौं, २ असाेज । नेपाल सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालन गर्न भारतसँग किनेको रेल जनकपुर आइपुगेकाे छ । जयनगरबाट हिँडेर शुक्रबार अपराह्‍न २ बजे जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

मिश्रले सामाजिक सञ्जालमा उपलब्ध गराएको भिडियोमा रेल हेर्न आइपुगेका सर्वसाधारणको ठूलो भिड देख्‍न सकिन्छ । जनकपुर-जयनगर रेलको लिक न्यारोगेजबाट ब्रोडगेज बनाएपछि रेल पनि सोहीअनुसारको खरिद गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रेललाई आफ्नो ड्रिम प्रोजेक्टको रूपमा चित्रण गर्दै आएका छन्। नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि केही दिन अघि १ सय २९ जना सहायक प्राविधिक सहितको कर्मचारी मागेको थियो। रेल आइपुगेसँगै नेपाल रेल्वे कम्पनीले दसैं अघि नै रेल सेवा सुरू गर्ने तयारी गरेको छ।