आज प्रतिताेला ४ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज प्रतिताेला ४ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, २ असाेज । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य ४ सय रूपैयाँले बढेकाे छ । आज सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँ काराेबार भएकाे थियो ।

यस्तै हिजाे प्रतितोला ९६ हजार १ सय रूपियाँमा काराेबार भएकाे तेजावी सुनकाे मूल्य आज ९६ हजार ५ सय मा काराेकार भइरहेकाे छ । 

शुक्रबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज पनि चाँदीकाे मूल्य १ हजार ३ सय ३० रूपियाँमा काराेबार भइरहेकाे छ ।