किङ्स कलेज र मिट भेन्चर्स सिंगापुरबीच सम्झौता

किङ्स कलेज र मिट भेन्चर्स सिंगापुरबीच सम्झौता

काठमाडौं, २ भदाै ।  किंग्स कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबीच सहकार्य भएको छ।  उद्यमशीलताको क्षेत्रमा बृहत अनुभव एवं श्रोतयुक्त यी दुई संस्थाहरुले उद्यमशीलता एवं नवप्रवर्तनको अवधारणालाई राष्ट्रियमात्रै नभइ क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रवद्र्धन गर्ने उद्धेश्यले व्यापार तथा व्यवस्थापन पढाइ हुने किंग्स कलेज र मिट भेन्चर्सबीच सम्झाैता भएकाे जनाएकाे छ ।

‘मिट भेन्चर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएकाे र सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरुलाई अन्तर्राष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने विश्वास लिइएकाे कलेजका प्रधानाद्यापक नरोत्तम अर्यालले बताए । यस्तै अन्तर्राष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा विश्वस्त रहेकाे उनकाे भनाइ छ ।

सम्झौता अनुसार किंग्स् कलेजले मिट भेन्चर्सलाई नेपालका साथसाथै दक्षिण एसियाका आशा लाग्दा स्टार्टअपसमक्ष पहुँच हासिल गर्न सघाउनेछ। यसका साथसाथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेशन कार्यक्रममार्फत् यस क्षेत्रबाट हासिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरुलाई मिट भेन्चर्ससँग साझा गर्नेछ। 

यसैगरी सम्झौताअनुसार मिट भेन्चर्सले नेपाली तथा दक्षिण एसियाली स्टार्टअपहरुका लागि लगानी सहायता हासिल गर्ने अवसर प्रदान गर्नेछ। यसका साथै नेपाली विद्यार्थीहरुले मिट भेन्चर्स तथा उसका सहायक कम्पनीहरुबाट उद्यमशीलताका परियोजनाहरुमाथि मेन्टरसिप हासिल गर्न र सिंगापुर तथा दक्षिणपूर्वी एसियामा आयोजना हुने उद्यमशीलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धामा सहभागी हुनसमेत अवसर प्राप्त गर्नेछन् । 

नेपालसँग सम्झौता गरिएको यो नै हाम्रो पहिलो सहकार्य भएकाे भेन्चर्सका तर्फबाट फराह फिराडसले जानकारी दिए । उनले भने,  ‘उद्यमशीलताको विकास तथा प्रवद्र्धनको सवालमा हरेक मुलुकका आ–आफ्नै विशेष क्षमता हुन्छन्। यस सुन्दर राष्ट्रबाट भोलिका दिनमा के–कस्ता उद्यमीहरु जन्मन्छन् भनेर हेर्न हामी निकै उत्साहित छौं।’