फेसबुकले ल्यायो ‘वाच टुगेदर’ फिचर, ५० जनासम्मले एकसाथ भिडियो हेर्न पाइने

फेसबुकले ल्यायो ‘वाच टुगेदर’ फिचर, ५० जनासम्मले एकसाथ भिडियो हेर्न पाइने

काठमाडौं, २ असोज । फेसबुकले म्यासेन्जर प्रयोगकर्ताहरुका लागि ‘वाच टुगेदर’ फिचर सार्वजनिक गरेको छ । फेसबुकको यस फिचर मार्फत् म्यासेन्जर प्रयोगकर्ताहरुले आफ्नो साथीहरुसँग एक साथ भिडियो हेर्न पाउनेछन् । 

यस फिचरले सबै फेसबुक वाच भिडियोलाई सपोर्ट गर्ने फेसबुकले जनाएको छ । त्यसोत, केही समय अगाडि मात्रै फेसबुकले म्यासेन्जरको लागि स्क्रिन सेयरिङ फिचर पनि सार्वजनिक गरेको थियो । 

कसरी प्रयोग गर्ने ?

फेसबुक म्यासेन्जरमा ‘वाच टुगेदर’ फिचरको सजिल्यै प्रयोग गर्न सकिन्छ । जसको लागि म्यासेन्जरमा भिडियो कल सुरु गरेर म्यासेन्जर रुम क्रिएट गर्नुपर्ने हुन्छ । त्यस्तै, म्यासेन्जर रुम क्रिएट गरिसकेपछि पुनः मेन्यूमा गएर वाच टुगेदरलाई छनौट गर्न सकिनेछ । जहाँ आफ्नो साथी तथा फ्यामिली फरक फरक क्याटेगोरीको चयन गर्न सकिनेछ । 

एक पटक एक साथ ५० जनाले सँगै हेर्न सकिने

फेसबुकका अनुसार म्यासेन्जर भिडियो कलमा एक साथ ८ जनासम्मले भिडियो हेर्न सकिनेछ । तर, म्यासेन्जर रुपमा क्रिएट गरिसकेपछि ५० जनासम्मले एउटै भिडियो सँगै हेर्न सकिने भएको छ । कोरोना महामारीका कारण विश्वभर प्लेटफर्ममा भिडियो कलिङको प्रयोग ह्वात्तै बढेको छ ।

भिडियो कलिङको लागि फेसबुक म्यासेन्जरको प्रयोग निकै बढेको छ । फेसबुक म्यासेन्जरको वाच टुगेदर फिचर एन्ड्रोइड र आईओएसका लागि उपलब्ध गराइएको बताइएको छ ।