भत्काइएको अफिसको तस्वीर सेयर गर्दै कंगनाले भनिन्, ‘यो मेरो सपना, आत्मसम्मानको बलात्कार हो’

भत्काइएको अफिसको तस्वीर सेयर गर्दै कंगनाले भनिन्, ‘यो मेरो सपना, आत्मसम्मानको बलात्कार हो’

काठमाडौं, २ असोज । बलिउडकी क्वीन कंगना रनौतले मुम्बईस्थित भत्काइएको आफ्नो अफिसको तस्वीर सेयर गरेकी छन् । अभिनेत्री कंगनाको उक्त अफिसको केही भागलाई पछिल्लो साता मात्रै बृहन्मुम्बई नगर निगम (बीएमसी)ले अबैध निर्माण भन्दै भत्काएको थियो ।

अभिनेत्री कंगनाले भत्काइएको आफ्नो अफिसको तस्वीर सेयर गर्दै ट्वीटमा लेखेकी छन्, ‘यो बलात्कार हो, मेरो सपनाको, मेरो हौसलाको, मेरो आत्मसम्मानको र मेरो भविष्यको ।’

त्यस्तै, अभिनेत्री कंगनाले आफ्नो ट्वीटको सिरिजमा कांग्रेसलाई पनि ट्याग गरेकी छन् । साथमा उनले ह्यासट्याग ‘राष्ट्रिय बेरोजगारी दिवस’को उपयोग पनि गरेकी छन् ।

सेप्टेम्बर ९ तारिखका दिन अभिनेत्री कंगना मनाली गएकी मौका छोपेर बीएमसीले मुम्बईस्थित उनको अफिस भत्काइदिएको थियो ।