अभिनेत्री राजेश्वरी सचदेवलाई कोरोना संक्रमण

अभिनेत्री राजेश्वरी सचदेवलाई कोरोना संक्रमण

काठमाडौं, २ असोज । बलिउड अभिनेत्री राजेश्वरी सचदेवलाई पनि कोरोना संक्रमण भएको छ । अभिनेत्री राजेश्वरी आफैले सोसल मिडिया इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । 

उनले इन्स्टाग्राममा भनेकी छन्, ‘ हेल्लो ! मेरो पनि कारोना रिपोर्ट पोजेटिभ आएको छ । म’मा केही लक्षणहरु देखा परेको छ । अहिले होम आइसोलेशनमा बसेकी छु । अहिले म डाक्टरको निगरानीमा छु ।’

यस साथै अभिनेत्री राजेश्वरीले आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई पनि कोरोना जाँच गराउन अपील गरेकी छन् । उनले भनेकी छन्, ‘पछिल्लो केही दिनमा मेरो सम्पर्कमा आउनुभएका सम्पूर्णलाई यो अपील गर्न चाहन्छु कि आफ्नो कोरोना जाँच गराउनुहोस् र सुरक्षित रहनुहोस् ।’

यसका साथै उनले चाँडो भन्दा चाँडो कोरोना मुक्त हुन र सबैजना कोरोनाबाट सुरक्षित रहन प्रार्थना गर्ने पनि बताएकी छन् ।