यस्तो रहेको छ शुक्रबारको भाग्य, असोज २ गते

यस्तो रहेको छ शुक्रबारको भाग्य, असोज २ गते

वि.सं.२०७७ साल असोज ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान ३० घडी ३१ पला । चन्द्रोदय । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अन्य क्षेत्रमा व्यस्त हुदा पढाई लेखाईमा तपाईको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पति तथा बिलाशी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको कामदेखि सबै खुसी हुनेछन् । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) महत्वकांक्षी योजनाहरु सार्वजनिक गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको बिकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाँटी सम्बन्धी समस्या ठीक भएर जानेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । बिद्यामा अरु भन्दापछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानि गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । 

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाइलो वाताबवणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरि वान हुँन सक्छ । माया प्रेमको दूरी बढ्ने हुनाले मनमा नरामाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुदा आफन्त तथा साथीभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यवासायमा मनग्गे आम्दानी हुनेछ । लामो दूरीको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिनेछ ।