बिहीबार ताेलामा ९ सयले घट्यो सुनको मूल्य, चाँदीकाे कति ?

बिहीबार ताेलामा ९ सयले घट्यो सुनको मूल्य, चाँदीकाे कति ?

काठमाडौं, १ असाेज ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतिताेला ९ सय रुपैयाँ घटेको छ । ताेलामा ९ सय रूपैयाँले घट्दै आज छापावाल सुनकाे मूल्य  ९६ हजार ६ सय रूपैयाँ कायम भएकाे हाे ।

बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनकाे मूल्य आज घटेर  ९६ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँ ओरालो लागेको छ। बुधबार ९७ हजारमा कारोबार भएको तेजाबी सुन आज ९६ हजार १०० कायम भएको छ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ कम भएको छ। आज एक हजार ३२० मा कायम भएको छ भने बुधबार एक हजार ३४० मा कारोबार भएको थियो।