बिहिवार, असोज १५, २०७७
    राज्य-समाज

    इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा निर्णायक खेल आज

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर

    काठमाडाैं, ३१ भदाै ।  घरेलु टिम इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको ओडिआई सिरिजमा आज अन्तिम तथा निर्णायक खेल हुँदैछ। खेल बेलुकी पौने छ बजे म्यानचेस्टरमा सुरु हुनेछ । 

    यो खेल निर्णायक भएकाले ओल्ड ट्राफोर्डमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । अघिल्ला दुई खेलमा दुवै टिमले एक/एक जित निकालेका छन् । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले २४ रनले जितेको थियो ।

    विश्व विजेता इंग्ल्याण्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन । इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ट्वान्टी ट्वान्टी सिरिज समेत २–१ ले जितिसकेको छ ।

    यदि अस्ट्रेलियाले आजको खेल जितेमा पाँच वर्षपछि पहिलोपटक इङ्ग्ल्याण्डलाई घरेलु मैदानमा ओडिआइ सिरिजमा हराउने छ। यसअघि २०१५ मा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई घरेलु मैदानमा ३-२ ले हराउँदै सिरिज जितेको थियो।

     

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast