बिहिवार, असोज १५, २०७७
    बिदेश

    योशिहिदे सुगा बने जापानका नयाँ प्रधानमन्त्री

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर

    टोकियो, ३१ भदाै । जापानका नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । बुधबार संसदमा भएको मतदानमा ३ सय १४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

    जापानी समाचार एजेन्सी कोयदो न्युजका अनुसार लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४ सय ६५ सदस्यमध्यबाट ३ सय १४ मत प्राप्त गरेको छ ।

     स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो ।

    प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् । आबेका नजिकका मित्रसमेत रहेका ७१ वर्षीय योशिहिदे यसअघि आबे सरकारका मुख्य सचिव थिए । उनले आबेले लिएका नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

     

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast