बिहिवार, असोज १५, २०७७
    राज्य-समाज

    पुनर्नियुक्तिकाे माग गर्दै कुलमानको पक्षमा उर्लियाे जनसागर

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर

    काठमाडौं, ३१ भदाै । कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनुपर्ने माग राखेर काठमाडौंमा र्‍याली निकालिएको छ । हजाराैं मानिसहरू र्‍यालीमा सहभागि भएका छन् ।

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरी औपचारिक रुपमै बिदा भएका घिसिङलाई पुनर्नियुक्ति दिनुपर्ने उनीहरूकाे भनाइ छ ।

    लोडसेडिङ अन्त्य गराएर उज्यालो नेपालका संवाहक बनेका उनलाई पुननियुक्तिको माग राखेर देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । मंगलबार प्राधिकरणबाट औपचारिक रुपमै बिदा भएका उनको पुनर्नियुक्तिको माग राखेर बुधबार काठमाडौंको बौद्ध जोरपाटी क्षेत्रमा र्‍याली निकालिएको हो । 

    केही दिनयता काठमाडौं माइतीघरमा दैनिकजसो कुलमानलाई प्राधिकरण प्रमुख बनाउनु पर्ने माग राखेर प्रदर्शन भइरहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast