बिहिवार, असोज १५, २०७७
    बैंक-बीमा

    सरकारले दियाे नयाँ नक्सासहित सिक्का निष्कासनको स्वीकृति

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर

    काठमाडौं, ३१ भदौ । अब एक र दुई रुपैयाँको सिक्कामा नेपालकाे नयाँ नक्सा राखिने भएकाे छ । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको हाे ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो ।

    नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको बताए । यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छन् ।

    सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

     

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast