बिहिवार, असोज १५, २०७७
    राज्य-समाज

    होम आइसोलेसनमा रहेका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर

    काठमाडौं, ३१ भदाै ।  कोरोना संक्रमण देखिएपछि हाेम आइसोलेसनमा रहेका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

     कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै बसेर उपचार गराइ रहेका कोइरालालाई ज्वरो बढेपछि आज बिहान ६ बजे अस्पताल भर्ना गरिएको हो ।

    उनलाई ओम अस्पताल चाबहिल लगिएको छ । थप जानकारी आउन बाँकी छ ।

    कोइरालालाई ८ दिन अघि भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast