बिहिवार, असोज १५, २०७७
    स्वास्थ्य

    बीपी प्रतिष्ठानमा उपचाररत ३५ वर्षीय काेराेना संक्रमित पुरुषकाे मृत्यु

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर

    काठमाडौं, ३१ भदाै । काेराेना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ३ निवासी ३५ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा बिहान ६ः१० बजे मृत्यु भएको हो ।

    प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि रिफर भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० गते भर्ना भएका थिए । उनी मिर्गौलाको समस्या रही हप्तामा २ पटक डायलासिस गर्दै आएका थिए । 

    मृतकको शव व्यवस्थाका लागि आवश्यक तयारी भइरहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast