मंगलवार, असोज १३, २०७७
    सावधान

    अनेरास्ववियूका जिल्ला नेतामाथि निर्घात कुटपिट, नगर कमिटीद्वारा कारबाहीकाे माग

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर
    प्रतिकात्मक तस्विर

    कञ्चनपुर, ३१ भदाै । अनेरास्ववियूका जिल्ला नेतामाथि प्रहरीले निर्घात कुटपिट गरेकाे छ । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' को पुनर्वास नगर कमिटीले विद्यार्थी नेता टेकबहादुर थापासहित स्थानीयमाथि प्रहरीले गरेको निर्घात कुुटपिटको छानबिन गरी संलग्नलाई कारबाही गर्न माग गरेको छ।

    इलाका प्रहरी कार्यालयमा नेकपा सम्बद्ध अनेरास्ववियूका जिल्ला सदस्य थापालाई निर्घात कुटपिट गरिएको थियो। नेकपा नगर कमिटीले विज्ञप्ति प्रकाशित गरी छानिबनको माग गरेको हो।

    प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छुटाउन प्रहरी कार्यालय गएका थापासहितलाई केही व्यक्तिलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरिएको थियो। प्रहरीको कुटपिटबाट थापाको शरीरभर नीलडाम भएको छ। थापासहित स्थानीय प्रहरी कार्यालभित्र हुँदा बाहिरबाट एकाएक ढुङ्गामुढा प्रहार भएपछि उनीहरुलाई कुटपिट गरिएको बताइएको छ। 

    ‘प्रहरीले नियन्त्रणमा लिएर मरणासन्न हुने गरी कुटपिट गरिएका अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाएर फसाउने प्रहरीले परिपञ्च रचेको छ। इलाका प्रहरी कार्यालयमा भएको सिसिटिभि फुटेज र घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दछौं' विज्ञप्तिमा भएिको छ ।

     

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast