बिहिवार, असोज १५, २०७७
    स्वास्थ्य

    डिएसपीसहित सिआईबीका २६ प्रहरीलाई कोरोना पुष्टि

    बुधबार, ३१ भाद्र २०७७, आहाखबर

    काठमाडौं, ३१ भदाै । केन्द्रिय अनुसन्धान ब्यूरो 'सिआईबी' मा कार्यरत २६ जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक 'डिएसपी' रहेका छन् ।

    ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो ।

    संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।एकैपटक ठूलो संख्यामा प्रहरी संक्रमित भएपछि कार्यालयमा आलोपालो सिस्टम लागु गरिएको छ ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast