मंगलवार, असोज १३, २०७७
    खेल संसार

    आइपिएल खेल्न यूएई पुगे सन्दीप लामिछाने

    मंगलवार, ३० भाद्र २०७७, आहाखबर

    काठमाडौं, ३० भदाै।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । सन्दीप सोमबार राती यूएईमा पुगेर दिल्ली क्यापिटल्सको टिम होटेलमा बसिसकेका छन् । दिल्लीले सामाजिक सञ्जालमार्फत सन्दीप यूएईमा आईसकेको जनाकारी दिएको छ ।

    सन्दीप सोमबार बिहान यूएईका लागि उडेका थिए । सन्दीप आइतबार यूएई पुग्ने कार्यक्रम थियो । तर उडान छुटेपछि एक दिन ढिला भएको हो ।अब सन्दीपले एक दिनको अन्तरमा तीन पटक कोरोना परिक्षण नेगेटिभ भएपछि प्रशिक्षणमा सहभागी हुनेछन् ।

    आइपिएलले पहिलो, तेस्रो र छैटौं दिनको परिक्षण नेगेटिभ आएपछि खेल्न पाउने प्रावधान राखेको छ । सन्दीप सिपिएल खेलेका अन्य खेलाडीभन्दा एक दिन पछि यूएई पुगेका हुन् । सिपिएल खेलेका सिम्रन हेटमायर र किमो पल दिल्लीमा छन् भने अष्ट्रेलियाका एलेक्स केरी र मार्कस स्टोइनिस केहि दिनमा यूएई आइपुग्ने छन् ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast