मंगलवार, असोज १३, २०७७
    आर्थिक खबर

    साेमबार प्रतिताेला ४ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

    सोमबार, २९ भाद्र २०७७, आहाखबर

    काठमाडौं, २९ भदाै । साताको दोस्रो दिन साेमबार नेपाली बजामा सुनचाँदीको भाउ बढेकाे छ। आज छापावाल सुनको मूल्य प्रतिताेला ४ सय रूपैयाँले बढेकाे हाे । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघ आज छापावाल सुनकाे मूल्य प्रतिताेला ९६ हजार ९सय रूपैयाँ कायम भएकाे छ । छापावाल सुनको मूल्य हिजो ९६ हजार ५०० रूपैयाँ कायम भएकाे थियो।

    यस्तै, आज तेजाबी सुनको भाउ पनि हिजोभन्दा ४ सय रूपैयाँले बढेर ९६ हजार ४ सय रूपैयाँ कायम भएको छ। 

    आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर एक हजार ३ सय २० रूपैयाँ कायम भएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast