पीएसजीका नेयमारसहित मार्सिलेका खेलाडीबीच खेल मैदानमा झडप

पीएसजीका नेयमारसहित मार्सिलेका खेलाडीबीच खेल मैदानमा झडप

एजेन्सी । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच आइतबार भएको फ्रेन्च लिग वानको खेलमा पीएसजी र मार्सिलेका खेलाडीबीच खेल मैदानमै झडप भएको छ । आइतबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा खेलाडीहरूबीच झडप भएको हो ।

दोस्रो हाफको इन्जुरी समयमा ब्राजिलियन सुपरस्टार नेयमारसहित ५ खेलाडीले रातो कार्ड पाएपछि मैदान छाेड्ने क्रममा ब्राजिलियन फरवार्डले आफूमाथि जातीय टिप्पणी गरिएको बताएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो । नेयमार र अल्भारो भन्दाअघि मार्सिलेका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए ।

त्यसअघि खेलको ३१औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले मार्सिलेका लागि गरेको गोल नै निर्णायक बन्यो । योसँगै पीएसजी आफ्नो दोस्रो खेलमा घरेलु मैदानमै पराजित भएको छ ।