ट्रकको ठक्करबाट घाइते भएका क्रिकेटर भण्डारी खतरामुक्त

ट्रकको ठक्करबाट घाइते भएका क्रिकेटर भण्डारी खतरामुक्त

कञ्चनपुर, २९ भदाै ।  कञ्चनपुरमा ट्रकको ठक्करबाट घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी खतरामुक्त भएका छन् । उनकाे अवस्था पहिले भन्दा सामान्य हुँदै गएकाे पूर्वकप्तान पारस खड्काले जनाएका छन्।

भण्डारीको हाल कोहलपुर मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको दुवै हात र खुट्टाको अपरेशन हुन लागेको खड्काले ट्विटर मार्फत जानकारी गराएका हुन्।  

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए। दुर्घटनामा उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना पनि घाइते भएका छन्।