बिहिवार, असोज १५, २०७७
    सावधान

    धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

    सोमबार, २९ भाद्र २०७७, आहाखबर

    काठमाडाैं, २९ भदाै। काेराेना संक्रमणका कारण धरानमा थप एक जनाकाे ज्यान गएकाे छ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमितको गएराति मृत्यु भएको हाे।

    मृत्यु हुनेमा मोरङको धनपालथान ६ का ४० वर्षीय पुरूष रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन्। वीपीको ल्याबमा भदौं २६ गते शुक्रबार गरिएको पिसिआर परिक्षणले उनमा संक्रमण पुष्टि गरेको थियो।

    सोही राती साढे १० बजेको समयमा उनलाई प्रतिष्ठानको अर्थो अवजरभेसन वार्डबाट कोरोना वार्डमा भर्ना गरिएको थियो। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले आइतबार राति ८:४५ बजे उनको मृत्यु भएको बताए।


    मृतकमा कुनै पनि दीर्घ रोग नभएको जानकारी सापकोटाले दिएका छन्।

    शवको व्यवस्थापन स्वास्थ मापदण्ड अनुसार हुने प्रतिष्ठानले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast