अस्ट्रेलियाविरुद्ध इङ्ल्याण्डको सानदार जीत

अस्ट्रेलियाविरुद्ध इङ्ल्याण्डको सानदार जीत

काठमाडौँ, २९ भदाै । दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई इङल्याण्डले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्ड २४ रनले विजयी भएको हो ।

इङल्याण्डले दिएको २३२ रनको मध्यम लक्ष्य पछाएको अस्ट्रेलिया ४८.४ ओभरमा अल आउट हुदै २०७ रन मात्र बनाएपछि खेल २४ रनले हारेको हो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ७३ रन बनाए भने मार्नस लाबुचांगेले ४५, एलेक्स केरीले ३६ रन बनाएका थिए ।

इङल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरानले ३-३ विकेट लिए भने आदील राशिदले एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनाएको थियो ।

इङल्याण्डका लागि जो रुटले ३९, टम कुरानले ३७, आदील रशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६ जासन रोयले २१ रन बनाएका थिए ।  अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए ।

यस खेलको प्लेयर अफ द म्याच इङल्याण्डका बलर जोफ्रा आर्चर भएका थिए । आर्चरले १० ओभरमा २ मेडनसहित ३४ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए । उनले डेविड वार्नर, मार्कस स्टोइनिस र शन मार्शलाई आउट गरेका थिए ।

यो सँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । अब सिरिजको अन्तिम खेल बुधबार खेलिदै छ ।