बिहिवार, असोज १५, २०७७
    कला-सौन्दर्य

    बलिउड निर्देशक राज सान्डिल्यलाई कोरोना संक्रमण

    आईतवार, २८ भाद्र २०७७, आहाखबर

    एजेन्सी । बलिउडका निर्देशक राज सान्डिल्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

    हल्का खोकी र रुघा लागेपछि उनले कोरोना परीक्षण गरेका थिए । मिडिया रिपोर्ट अनुसार कोरोना परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनी लकडाउनको समयमा झाँसीस्थित घरमै थिए । केहीदिन अघि पत्नीसहित मुम्बई आएका थिए ।

    उनले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । 

    सान्डिल्यले आयुष्मान खुराना अभिनित फिल्म ड्रिम गर्लको निर्देशन गरेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast