सानदार जितसँगै साविक विजेता लिभरपुलले गर्यो नयाँ सिजनको सुरुवात

सानदार जितसँगै साविक विजेता लिभरपुलले गर्यो नयाँ सिजनको सुरुवात

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत पहिलो खेलबाट विजयी सुरुवात गरेको छ । गत सिजनको साविक विजेता लिभरपुलले लिड्स युनाइटेडलाई ४-३ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे । उनले ४ औं मिनेटमा पेनाल्टीमार्फत, ३८ औं मिनेटमा र पुनः ८८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक गरेका हुन् ।

यस्तै लिभरपुलका भर्जिल भान डाइकले थप एक गोल गरेका थिए । उनले २० औं मिनेटमा गोल गरेका हुन् । यसै सिजन बढुवा भएर प्रिमियर लिगमा सहभागिता जनाएको लिड्स युनाइटेडका लागि १२ औं मिनेटमा ज्याक ह्यारिसन, ३० औं मिनेटमा प्याट्रिक ब्यामफोर्ड र ६६ औं मिनेटमा म्याटुएज क्लिचले गोल गरेका थिए ।