एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनीमा कोरोना पुष्टि

एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनीमा कोरोना पुष्टि

एजेन्सी । स्पेनिस फुटबल क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

५० वर्षीय सिमोनीमा संक्रमणको कुनै लक्षण भने देखा परेको छैन । उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । 

एट्लेटिकोले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको थियो । सिमोनीबाहेक टीममा अरुको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको बताइएको छ ।

एट्लेटिकोले २७ सेप्टेम्बरमा ग्रानाडाविरुद्धको खेलबाट यो सिजनको सुरुवात गर्दैछ ।